शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

विराटनगरस्थित नोबेल अस्पतालमा १,५५० मै पीसीआर परीक्षण

१२ आश्विन, २०७७ १४:४७ मा प्रकाशित

798 पटक पढिएको

nobel medical college and teaching hospital biratnagar

विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण सुरु गरेको छ । कोरोना भाइरस शंकास्पदको स्वाब परीक्षण नोबेलले सोमबारबाट थालेको हो ।

प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर स्वाब परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । विभिन्न प्रयोगशालामा स्वाबको चाप बढेर पीसीआर रिपोर्ट आउन ढिलाई भइरहेका बेला नोबेलले सस्तो मूल्यमा परीक्षण थालेको हो ।

अस्पतालका सञ्चालक डा. सुनिल शर्माले एक महिनाअघि नै तयारी अवस्थामा राखिएको प्रयोगशालाबाट सोमबारदेखि पीसीआर परीक्षण हुन थालेको जानकारी दिए । सरकारले ढिलो गरेर आइतबारमात्रै परीक्षणको अनुमति दिएपछि भोलिपल्टबाटै काम थालिएको उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै मुलुकमै सस्तो मूल्यमा पीसीआर परीक्षण हुन थालेको जानकारी शर्माले दिए । उनका अनुसार दुईवटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिनबाट स्वाबको परीक्षण थालिएको छ । सुरक्षाका हिसाबले अस्पतालमा कोरोनाका लागि भिन्दै प्रयोगशाला बनाइएको उनको भनाइ छ । नोबेलको प्रयोगशालाबाट दैनिक दुई हजार स्वाबको परीक्षण हुने जानकारी शर्माले दिए ।

नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंह चारदेखि छ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट सम्बन्धितलाई उपलब्ध गराइने बताए । उनका अनुसार प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण थालिएको छ ।

यसअघि सरकारले पाँच हजार पाँच सय रुपैयाँ शुल्क तोकेको थियो । शर्मानै अध्यक्ष रहेको काठमाडौं मेडिकल कलेजले अहिले प्रति व्यक्ति एक हजार नौ सय ९९ रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेको नोबेलले जनाएको छ । सरकारले भदौ २८ गतेबाट निजी प्रयोगशालाले बढीमा दुई हजार रुपैयाँ लिएर परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome