बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

माइक्रोको ठक्करले कांग्रेस सांसद रसाइली घाइते

१२ आश्विन, २०७७ १४:४९ मा प्रकाशित

715 पटक पढिएको

congress lawmaker rasaili

काठमाडौं – माइक्रोबसको ठक्करले नेपाली कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ घाइते भएका छन्। उनको थापाथलीस्थित नर्भिक अस्पतामाल उपचार भइरहेको छ। सोमबार बिहान काठमाडौंको टेकुमा सांसद रसाइली चढेको बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोले ठक्कर दिएको हो।

सांसद रसाइलीको दायाँ हातमा गम्भीर चोट लागेको र खुट्टामा पनि घाउ भएको जिल्लाबासी लोकराज अवस्थीले जानकारी दिएका छन्। बझाङ घर भएका सांसद रसाइली सिन्धुपाल्चोकको पार्टी कार्यक्रममा जान लागेको बेला दुर्घटनामा परेको अवस्थीले जनाए। ‘उनको सिटी स्क्यान गरिएको छ। सीटीस्क्यानको रिपोर्टपछि मात्रै थाहा हुन्छ शरीरको भित्री भागमा पनि कति चोट लागेको छ भनेर,’ अस्पतालमा रहेका अवस्थीले भने।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome