मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

प्रहरी र नागरिक एक सिक्काका दुई पाटा : प्रहरी नायब महानिरीक्षक पोखरेल

१२ आश्विन, २०७७ १६:४१ मा प्रकाशित

832 पटक पढिएको

dig bishwo raj pokharel

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित वाटिका तथा पुननिर्मित अमर प्रहरी स्मारकको उद्घाघाटन गर्दै उहाँले आम नागरिकको हक अधिकारको सुरक्षा गर्नु नै प्रहरीको सफलता भएको बताउनुभयो ।

राज्यद्वारा निर्देशित कतिपय काममा कर्तव्य पालना गर्दै गर्दा प्रहरीले आलोचित पनि हुनुपरेको भन्दै उहाँले प्रहरी र नागरिकबीचका साना तिना कमी कमजोरीहरु सच्याउँदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख टेकप्रसाद राईले अमर प्रहरीहरुको सम्झनाका लागि बनाइएको स्मारकले अहोरात्र खट्ने प्रहरीलाई हौसला तथा प्रात्सोहन मिल्ने बताउनुभयो ।

कार्यक्रममा अमर प्रहरीहरुको सम्झनामा माल्यार्पण तथा सलामी दिइएको थियो भने स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome