बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ८१७ सहित देशभर थप १,३५१ जनामा कोरोना पुष्टि, हालसम्म ४८१ को मृत्यु

१२ आश्विन, २०७७ १६:४८ मा प्रकाशित

614 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ सहित देशभर थप १,३५१ जनामा जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

देशभर १९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्।

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ जनासहित देशभर ४ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरुमा सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षाीया महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुष रहेका छन्। योसँगै मृतकको संख्या ४८१ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome