सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

कोरोनाका कारण नेपाल र इङ्ग्ल्याण्डबीचको मैत्रीपूर्ण फुटबल खेल स्थगित

५ चैत्र २०७६, बुधबार १५:५५ मा प्रकाशित

794 Views पटक पढिएको

nepal vs england friendly match postponed

काठमाडौं, ०५ चैत : नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो। मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो।

गत माघमा एन्फा र इङ्ग्ल्याण्डको फुटबल एशोसिएशन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो। दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting