बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा ९३४ सहित देशभर थप १,५१३ जनामा कोरोना पुष्टि, हालसम्म ४९१ को मृत्यु

१३ आश्विन, २०७७ १६:३७ मा प्रकाशित

509 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ सहित देशभर थप १,५१३ जनामा जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४७, भक्तपुरका ७३ र ललितपुरका ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

देशभर २० हजार ३९६ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्।

आईसियुमा उपचारारत २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन् ।

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४९१ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome