सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

लकडाउनका कारण नेपालगन्ज रंगशालामा लगाईएको ४० लाखको दुबो सुक्दै

२६ चैत्र २०७६, बुधबार १०:१५ मा प्रकाशित

871 Views पटक पढिएको

nepalgunj stadium

नेपालगन्ज, २६ चैत : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४० लाख रुपैयाँ खर्चेर लगाइएको नेपालगन्ज रंगशालाको बरमुण्डा दुबो सुक्न थालेको छ। लकडाउनपछि दुबोमा सिँचाइ भएको छैन। नेपालगन्जमा दिनप्रतिदिन तापक्रम बढ्दो अवस्थामा छ।

मंगलबार मात्र नेपालगन्जको तापक्रम ३५.५ डिग्री सेल्सियस थियो। रंगशालाको पश्चिमी मूलद्वार, उत्तार र दक्षिणका सबै ढोकाहरुमा ताला लगाइएको छ। रंगशालाको हरियो मैदान कालो ठूटो जस्तो भएको छ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का खेल तथा प्रशिक्षण निर्देशक जयन्त शर्मा लकडाउनपछि रंगशालामा सिँचाइ नभएको स्वीकार्छन्। ‘लकडाउन अघि त दुई तीन दिन बिराएर रंगशालाको दुबोमा सिँचाइ हुन्थ्यो। अहिले सबै कर्मचारी होम क्वारेन्टाइनमा बसेका छन्। सिँचाइ भइरहेको छैन’, उनले भने। रंगशाला परिसरमै रहेको ह्यान्डबल परिसरमा रोपिएको बरमुण्डा दुबो भने अहिले पनि हरियो नै छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोेगिताका लागि कलकत्तााबाट दुबो ल्याएर लगाइएको थियो। त्यत्तिाबेला रंगशाला निकै नै हरियो देखिन्थ्यो। क्षेत्रीय खेलकुद विकास समिति साउन (आठ महिना) देखि पदाधिकारीविहीन छ। समिति पदाधिकारीविहीन हुँदा राष्ट्रिय खेलकुद प्रतियोेगिताका बेलामा करोडौं रुपैैयाँको लागतमा निर्माण गरिएका भौतिक संरचना अस्तब्यस्त बनेका छन्।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting