शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

५ वर्षीया बहिनीलाई बजार पठाएर ११ वर्षीया दिदीमाथी बलात्कार

१४ आश्विन, २०७७ ०७:११ मा प्रकाशित

605 पटक पढिएको

rape graphic

राजविराज – बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घरमा रहेकी ५ वर्षीया बालिकालाई चकलेट खान ५ रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका-१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो।

पीडितका अनुसार घरमा कोही नभएका बेला मादक पदार्थ सेवन गरेर आएका आरोपितले गत शुक्रबार साँझ बलात्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी ५ वर्षीया बालिकाले आफू घर आएपछि आरोपित हतार–हतार पेन्ट लगाएर भागेको बताइन्।

बालिकालाई बलात्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ।

पीडितको वयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कारवाही प्रकिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome