शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

आईपीएलमा सनराईजर्स हैदराबादको पहिलो जित

१४ आश्विन, २०७७ ०७:३३ मा प्रकाशित

493 पटक पढिएको

delhi capitals vs sunrisers hyderabad

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो तेस्रो खेलमा सनराईजर्स हैदराबादले पहिलो जित आत्मसात गरेको छ। मंगलबार राती शेख जायद रंगशालामा भएको खेलमा दिल्ली क्यापिटल्सले मध्यम लक्ष्य भेट्टाउन नसक्दा हैदराबादले १५ रनको जित निकालेको हो।

हैदराबादको पहिलो जितमा दिल्लीले पहिलो हार व्यहोरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो। दिल्लीका कुनै पनि ब्याट्समेन हैदराबादका बलरसामू खुलेर खेल्न सकेनन्। दिल्लीका लागि शिखर धवनले ३१ बलको सामना गर्दै ३४ रन जोडे। रिसभ पन्तले २७ बल खेल्दै २८ रन बनाए भने सिम्रोन हिटमरले १२ बलको सामना गर्दै २१ रन जोडे।

हैदराबादका रसिद खानले कसिलो बलिङ गर्दै टिमलाई जित दिलाए । ४ ओभरमा उनले मात्र १४ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै भवनेश्वर कुमारले २ विकेट लिए भने खलिल अहमद र टी नटराजनको नाममा १/१ विकेट रह्यो।

यसअघि ब्याटिङ गरेको हैदराबादका ओपनर जोनी बेयरस्टोले अर्धशतक बनाएका थिए। उनले ४८ बलको सामना गर्दै ५३ रन जाडेका थिए। त्यस्तै कप्तान डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै ४५ रन हिर्काएका थिए। केन विलियम्सनले ४१ रनको योगदान गरेका थिए।

दिल्लीका लागि कगिसो रबाडा अमित मिश्रले समान २/२ विकेट लिए।

आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ। खेल बेलुकी ७ : ४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome