शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

मौसममा सामान्य बदलि, हल्का वर्षाको सम्भावना

१५ आश्विन, २०७७ ११:०० मा प्रकाशित

508 पटक पढिएको

weather forecast nepal

काठमाडौं – आज देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना रहेको छ ।

माहाशाखाका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदलि रहेको हो । रातको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो केही दिनसम्म यस्तै अवस्था रहने माहाशाखाको अनुमान रहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome