बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा ९४३ सहित देशभर थप १,९११ जनामा कोरोना पुष्टि, हालसम्म ५०९ को मृत्यु

१५ आश्विन, २०७७ १६:५५ मा प्रकाशित

601 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर थप १,९११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो।

काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ। अहिले नेपालमा २२० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ।

मन्त्रालयका अनुसार बिहीबार १२ हजार ४४४ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ३३ हजार ९४७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । होम आइसोलेशनमा ११ हजार ६९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १० हजार ७६१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले पाँच हजार ७७ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिलासहित १० पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीका तीनजना ५६, ५० र २७ वर्षीय पुरुष रहेका छन्।  त्यसैगरी काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका दुई ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो। 

त्यसैगरी रुपन्देहीका तीन जनाको मृत्यु भएको छ। रुपन्देहीमा मृत्यु हुनेमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेका छन्। बाँकेकी ३४ वर्षीया महिलाको समेत मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome