मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा विधिवत रुपमा गजुर राखियो

१५ आश्विन, २०७७ १७:०३ मा प्रकाशित

822 पटक पढिएको

balgopaleshwor temple ranipokhari

काठमाडौं – रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा विधिवत रुपमा गजुर राखिएको छ । मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा बिहीबार गजुर स्थापना गरिएको हो। ०७२ वैशाखमा आएको भूकम्पले क्षति गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालै मात्रै रानीपोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको छ।

गजुर राखिएसँगै मन्दिर यो वर्षको तिहारमा खुला हुने भएको छ । विगत पाँच वर्षदेखि बालगोपालेश्वर मन्दिर बन्द थियो। पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

यसअघि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माणको काम सकिँदै छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome