मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

अमेरिकाको राजदूतमा खतिवडा र बेलायतमा रेग्‍मी सिफारिस

१५ आश्विन, २०७७ १७:२७ मा प्रकाशित

704 पटक पढिएको

yubaraj khatiwada and lok darshan regmi

काठमाडौं – सरकारले बेलायत र अमेरिकाको राजदूतमा दुई जनालाई सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको र पूर्व मुख्य सचिव लोकदर्शन रेग्‍मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको छ ।

यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

त्यसैगरी सरकारको मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।

यसअघि अमेरिकाको राजदूतमा डा. अर्जुन कार्की छन् । सरकारले वैशाखमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल अर्का राजदूत नियुक्त नहुँदा सम्मको लागि थप गरेको थियो ।

त्यसैगरी बेलायतको राजदूतमा दुर्गाबहादुर सुवेदी रहेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome