सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

अमेरिकन आइडलको टप २० बाट अघि बढ्न भोट माग्दै दिवेश

१६ बैशाख २०७७, मंगलवार ०७:०६ मा प्रकाशित

784 Views पटक पढिएको

nepali boy dibesh pokharel in american idol 2020

काठमाडौं, १६ बैशाख : ‘आर्थर गन’को स्टेज नामबाट अमेरिकन आइडलमा ख्याती कमाइरहेका नेपाली गायक दिवेश पोखरेल ‘टप २०’ बाट अघि बढ्न प्रयत्न गरिरहेका छन् ।

उत्कृष्ट २० मा छानिसकेका पोखरेलका लागि अब अघि बढ्न भोट आवस्यक पर्छ । यसका लागि उनले संसारभरका नेपालीहरुसँग भोटका लागि आह्वान गरेका छन् । उनले एउटा छोटो भिडिओ सार्वजनिक गर्दै सबैसँग नेपाली भाषामा पनि भोट मागेका हुन् ।

अहिलेसम्म साथ दिएकोमा पनि धेरैलाई उनले धन्यवाद दिएका छन् । पोखरेलले भनेका छन्, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरुको भोटको आवस्यकता छ ।

तपाईँले टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सक्नुहुन्छ । एकजनाले ३० पटक भोट गर्न मिल्छ । यो नबिर्सिनुहोला । धेरै धन्यवाद ।’ पोखरेलले उक्त भिडिओमै अंग्रेजीमा पनि भोट अपिल गरेका छन् । अमेरिकन आइडलको यो उचाइमा पुग्ने दिवेश पहिलो र एक्लो नेपाली गायक हुन् ।

उनले अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक गरिसकेका थिए । ती गीतमा पनि उनले आफूलाई ‘आर्थर गन’को रुपमा नै चिनाएका थिए ।

पोखरेल काठमाडौंमा हुर्किएर उच्च शिक्षाका लागि अमेरिकामा परिवारका साथ बस्दैआएका छन् । यस बीचमा अमेरिकन आइडलका जज र अन्य प्रभावशाली संगीतप्रेमीले उनको गायनको निकै प्रशंसा गरेका छन् ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting