सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ ब्रिटेन्स गट ट्यालेन्टमा पनि भाइरल

१६ बैशाख २०७७, मंगलवार ०७:१० मा प्रकाशित

780 Views पटक पढिएको

bhim niroula in britains got talent

लण्डन, १६ बैशाख : प्रवासमा रहेका नेपाली मूलका गायक भीम निरौलाको चर्चित ‘सन्डे मर्निङ लभ यू, मन्डे मर्निङ लभ यू’ बोलको गीतले ब्रिटेन्स गट ट्यालेन्टमा पनि अडियन्सको वाहवाही पाएको छ ।

अडिसन राउन्डमा उक्त गीतका लागि अडियन्सले तालीले साथ दिएपछि जजहरु पनि उनलाई अघिल्लो चरणमा लैजान बाध्य भएका थिए । ब्रिटेन्स गट ट्यालेन्टले हालै सार्वजनिक गरेको उक्त गीतलाई भिडिओमा देखिए अनुसार जजले खासै रुचाएका देखिँदैनन् । यद्यपि अडियन्सहरु गीतमा राम्ररी रमाए ।

गायक निरौलाले गाउन थालेको केही सेकेन्डमै जज साइमन कोवलले इन्कार गरिदिएका थिए । तर अन्त्यसम्ममा अडियन्स गीतमा झुम्न थालेपछि अन्य तीन जजले उनको प्रस्तुतीलाई अघिल्लो चरणमा लैजान तयार भएका हुन् ।

निरौलाले केही वर्षअघि तयार पारेको उक्त गीत नेपाली दर्शक तथा स्रोता माझ भाइरल भएको थियो । उक्त गीत करोड भन्दा धेरै पटक हेरिएको र सुनिएको छ । निरौला यसअघि भारतको रियालिटी शो ईन्डिया गट ट्यालेन्टमा पनि सोही गीत लिएर प्रस्तुती दिन पुगेका थिए ।

भारतमा भने राम्रो प्रशंसा पाउनुको सट्टा व्यंग्य मात्रै व्यहोर्नु परेको थियो । यसपटक ब्रिटेन्स गट ट्यालेन्ट २०२० मा प्रस्तुत हुँदा उक्त गीत आफूले आफ्नी जीवनसाथीको लागि लेखेको प्रतिक्रिया दिएका थिए । जजले गीतको प्रशंसा नगरे पनि मेलोडीमा रमाएका थिए । केही अडियन्स र जजहरु समेत गीतमा मस्त नाचिरहेका देखिएका छन्।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting