सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

क्यान्सरपीडित बलिउड अभिनेता इरफान खानको निधन

१७ बैशाख २०७७, बुधबार १३:५३ मा प्रकाशित

794 Views पटक पढिएको

bollywood actor irfan khan dies at 54

मुम्बइ, १७ बैशाख : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ ।

भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् ।

धेरै जसो कलाकारले ट्वीटर लगायत सामाजिक सञ्जालमा उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । खान बलिउडमा निकै अब्बल अभिनेताको रुपमा चिनिन्थे । थिएटरबाट फिल्ममा आएका खानले ‘लन्च बक्स’, ‘तलबार’ जस्ता अत्याधिक सफल फिल्ममा अभिनय गरिसकेका थिए । पछिल्लो समय ‘इंग्लिस मिडियम’ फिल्ममा पनि उनको अभिनय छ ।

गत शनिबार मात्रै उनकी आमाको निधन भएको थियो । खानले ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वर्ल्ड’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा अत्याधिक सफल फिल्ममा समेत अभिनय गरिसकेका थिए ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting