मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

पञ्जाब विरुद्द मुम्बई ४८ रनले विजयी

१६ आश्विन, २०७७ ०७:४४ मा प्रकाशित

292 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी ईन्डियन प्रीमियर लिग (आईपिएल) २०२० को १३ औँ खेलमा किङ्स ११ पञ्जाब विरुद्द मुम्बई ईन्डियन्स् ४८ रनले विजयी भएको छ ।

जितसहित मुम्बई ४ खेलमा २ जित बटुल्दै ४ अंकका साथ नेट रन रेटका आधारमा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको मुम्बईका लागी रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए भने कियरन पोलार्ड र हार्दिक पाण्ड्याले शानदार छक्कासहित अविजित ४७ र ३० रनको योगदान दिँदै २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाए । जवाफमा पञ्जाब ८ विकेट गुमाउँदै मात्र १४३ रनमा सिमित भयो ।

पञ्जाबका लागी कट्रेल, शामी र गौतमले १-१ विकेट लिएका थिए भने मुम्बईका सुर्यकुमार यादवलाई शामीले १० रनमै रनआउट गराएका थिए । मुम्बईका लागी बुम्राह, चहर र प्यटिन्सनले २-२ विकेट लिए भने ट्रेन्ट बोउल्ट र क्रुनाल पाण्ड्याले १-१ विकेट लिँदै पञ्जाबलाई १४३ रनमै सिमित गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome