सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन

१८ बैशाख २०७७, बिहीबार ११:०५ मा प्रकाशित

798 Views पटक पढिएको

bollywood actor rishi kapoor dies at 67

मुम्बइ, १८ बैशाख : बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो । बलिउड अभिनेत्री नितु कपुर उनकी पत्नी हुन् भने अभिनेता रणविर कपुर उनका छोरा ।

ऋषिका भाइ बलिउड अभिनेता रणधिर कपुरले उनको निधनको खबर सार्वजनिक गरेका हुन् । ऋषिको निधनप्रति बलिउडनका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत ऋषिको निधन भएको र यस खबरबाट आफू विक्षिप्त भएको प्रतिक्रिया दिए । यस्तै अक्षय कुमारले इरफानको निधन लगत्तै ऋषिको निधन भएकोमा बलिउडमा दुस्वप्न भएको बताएका छन् ।

अघिल्लो दिन बुधबार मात्रै बलिउडका अर्का कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो । दुईजना सफल बलिउडकर्मीको निधनप्रति भारतीय कांग्रेस नेता राहुल गान्धीले पनि दुख व्यक्त गर्दै यो डरलाग्दो हप्ता भएको प्रतिक्रिया दिए । ऋषि पछिल्लो समय अभिनयमा सक्रिय थिएनन् । थुप्रै फिल्ममा अभिनय गरेका पुरानो पुस्ताका अभिनेता कपुरको पहिरन वा हेयर स्टाइल कुनै बेला स्टाइल नै बन्ने गर्थ्यो ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting