शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा लैजान ओली र प्रचण्ड सहमत

१६ आश्विन, २०७७ १५:०७ मा प्रकाशित

565 पटक पढिएको

oli and prachanda

कपिल शर्मा अधिकारी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । अस्थायी राजधानी रहेको बुटबलबाट हटाएर राजधानी भालुवाङमा राख्ने सहमति जुटेको स्रोतले जनाएको छ ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालयसमेत दाङमै खोलिएको थियो । तर, पूर्वएमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो । शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए । प्रदेश नं. ५ को बुटबलमा राजधानी राख्नका लागी रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँचीका नेताहरु सकारात्मक भएतापनि भालुवाङमा राख्ने सहमति नेकपामा भएको छ ।

भालुवाङमा राख्ने सहमति भएसँगै बुटबलमा राजधानी सार्ने निर्णयप्रति आन्दोलन सुरु हुने बुझिएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको मुद्दा टुंगो लाग्ने स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome