मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

१६ आश्विन, २०७७ १५:११ मा प्रकाशित

609 पटक पढिएको

donald trump

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत् शुक्रबार बिहान जानकारी दिएका हुन् ।

आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।

‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’

बीबीसीका अनुसार पछिल्लो समय हिक्ससँग ट्रम्प र मेलेनियाले सँगै लामो समय बिताएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome