शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

एक लाख ३२ हजार अवैध भारुसहित विराटनगरबाट एक पक्राउ

१६ आश्विन, २०७७ १५:१५ मा प्रकाशित

256 पटक पढिएको

illegal notes seized

विराटनगर – भारतबाट एक लाख ३२ हजार अवैध भारतीय रुपैयाँ (भारु) लिएर आउँदै गरेको एकजनालाई सशस्त्र प्रहरीले शुक्रबार बिहान विराटनगरबाट पक्राउ गरेको छ । धनुषा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा बस्दै आएका ४३ वर्षीय सन्तोष महतोलाई पाँच सय दरका प्रतिबन्धित नोटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल बीओपी रानी मोरङको टोलीले विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट बिहान ७ :३० बजेतिर महतोलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट एक लाख ३२ हजार पाँच सय अवैध भारतीय रुपैयाँ बरामद भएको एसपी पौडेलले बताए ।

यसको नेपाली रुपैयाँ दुई लाख १२ हजार रुपैयाँ हुन्छ । दरैया नाका हुँदै भारतबाट नेपाल छिरेको पाइएपछि चेकजाँच गर्ने क्रममा महतोले बोकेको झोलामा प्रतिबन्धित भारतीय नोट फेला परेको पौडेलको भनाइ छ ।

पाँच सय दरमाथिका भारती नोट नेपालमा प्रतिबन्धित छ । प्रतिबन्धित नोट बोकेको र स्रोत पनि खुलाउन नसकेका कारण महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सशस्त्रले जनाएको छ । उनलाई विदेशी विनियम ऐन अनुसार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्रले बरामद भएको नोट अवैध हुण्डी कारोबारको भएको हुन सक्ने आशंका गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारत सीमा नाका सिल छ । नाकाबाट आवतजावत बन्द गरिएको छ । तर नाका सिल रहेको अवस्थामा महतो भारतबाट प्रतिबन्धित नोट बोकेर लुकिछिपी नेपाल छिरेको पाइएको एसपी पौडेलले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome