मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

१४ वर्षकी किशोरीको शव अर्धनग्न अवस्थामा उखुबारीमा फेला

१७ आश्विन, २०७७ ०७:४६ मा प्रकाशित

494 पटक पढिएको

body found in canes field

रौतह – रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार १४ वर्षकी किशोरीको हत्या भएको छ। बलत्कारपछि किशोरीको हत्या भएको अनुमान प्रहरीले गरेको छ।

गढीमाई नगरपालिका १ समनपुर घर भएर बृन्दावन नगरपालिका-४ पल्टुवास्थित मामाको घर बस्दै आएकी सिताराम साहकी छोरी सन्जा कुमारी साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका जनाएको छ।

बिहान १० बजे तिर घाँस काटन गएकी साह साँझसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा अर्धनग्न अवस्थामा शव स्थानीय होस नारायण यादवको उखुबारीमा फेला परेको पारेका थिए।

शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयले बताएका छ्न्। घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome