सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

चार जिल्लाका नेकपा सांसद प्रदेश ५ को राजधानी दाङको विपक्षमा

१७ आश्विन, २०७७ १५:१० मा प्रकाशित

749 पटक पढिएको

dang map nepal

बुटवल – प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने विषयमा चार जिल्लाका नेकपा सांसदले फरक मत राखेका छन्।

शनिबार बिहानदेखि बसेको प्रदेश संसदीय दलको बैठकमा बोल्दै सांसदले लिखित रुपमै असहमति जनाएका हुन्। रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए। रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमित जनाउदै आफ्ना भनाइ राखेका थिए।

‘हामीले दाङको विषयमा असहमति जनाएका छौं। अब मतदानमा के हुन्छ छलफलपछि टुंगो लाग्छ’, दलको बैठकमा सहभागी एक सांसदले भने। बैठकमा कपिलवस्तुका सांसदले कपिलवस्तु नै राजधानी उपयुक्त रहेको बताएका छन्।

सांसद विष्णु पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत राखेका छन्। उनले संसोधन प्रस्ताव समेत दर्ता गर्ने र पार्टीको ह्विप नमान्ने अडान लिएका हुन्। बैठकमा अर्घाखाँची र गुल्मीका सांसद विपक्षमा रहेनन्। प्युठान, रोल्पा, रुकुमका सांसदले सरकारको निर्णयको समर्थन गरे।

बैठकमा बोल्दै दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलले राजधानी बुटवलबाट सार्न लागेको नभई नयाँ स्थानको विकासका लागि पहल थालिएको बताए। उनले सबै नागरिकको अपनत्व हुने गरी भौगोलिक हिसाबले पायक गर्ने स्थानमा राजधानी प्रस्ताव गरिएकाले सबै एकमत भएर अघि बढ्नुपर्ने बताए।

संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा भएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome