मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

उपत्यकामा १,१७७ सहित देशभर थप २,१२० जनामा कोरोना पुष्टि, २,०४४ डिस्चार्ज

१७ आश्विन, २०७७ १६:४७ मा प्रकाशित

536 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७७ सहित देशभर थप २१ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा एक हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ५२९ जना रहेका छन् भने ९ हजार ७७३ जना संस्थागत आइसोलेशनमा रहेका छन्। त्यसैगरी ४ हजार २७३ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, र डोल्पामा संक्रमितको संख्या शून्य छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome