सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष ७ मा

३० बैशाख २०७७, मंगलवार ०६:४१ मा प्रकाशित

939 Views पटक पढिएको

arthur gunn aka dibesh pokharel at top 7 in american idol 2020

काठमाडौं, ३० बैशाख : नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’काे टप ७ मा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पर्न सफल भएका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो। दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए।

कोरोना भाइरसको कारण अमेरिकामा पनि लकडाउन जारी रहेका कारण उनले आफु रहेकै घरबाट प्रस्तुती दिएका थिए । टप ५ बाट फाइनल गराइने अमेरिकन आइडलको नियमअनुसार दिवेश अब फाइनलमा पुग्न एक खुड्कीलो मात्र बाँकी छ ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting