सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

वन्यजन्तु तस्करी बढ्दो

१७ आश्विन, २०७७ १७:०० मा प्रकाशित

584 पटक पढिएको

animal parts smuggling on rise

काठमाडौं – वन डिभिजन कार्यालय काठमाडौंले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २० वर्षमा नेपालमा वन्यजन्तु तथा वन्यजन्तुको अङ्ग अर्थात आखेटोपाहारको अवैध तस्करी विगतमा भन्दा धेरै मात्रामा बढेको पाइएको छ । त्यस्ता अवैध तस्करीको मुख्य थलो राजधानी रहेको पनि उक्त वन डिभिजन कार्यालय काठमाडौंले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

२०५६ साल देखि २०५९ सालको बिचमा वन डिभिजन कार्यालय काठमाडौंले जम्मा १३ वटा वन्यजन्तु चोरी तस्करी मुद्दा दायर गरेको थियो भने २०७५/७६ सम्म पुग्दा एकै वर्षमा ६७ वटा मुद्दा दर्ता गरेको थियो । वर्षेनी यसको अवैध करोबारमा वृद्धी हुँदै गएको वन डिभिजन कार्यालय काठमाडौंका प्रमुख बद्री कुमार कार्की बताउनुहुन्छ ।

वन डिभिजन कार्यालय काठमाडौंले चालू आर्थिक वर्ष २०७६ /७७ मा मात्र ४१ वटा तस्कर समूह माथी मुद्दा दायर गरेको थियो । लकडाउन नभएको भए कारोबार अझै बढ्न सक्ने प्रमुख कार्किको भनाई छ । वन्यजन्तु तस्करहरुले सबैभन्दा बढी जिवित सालक पहिलो प्राथमिकतामा राख्ने गरेको र त्यस पछि चितुवाको अङ्ग, रेड पाण्डा, भालुको पित्त र बाघको अङ्गहरुको अवैध कारोबार गर्ने गरेको वन डिभिजन कर्यालयका प्रमुख कार्की बताउनुहुन्छ ।

यस्तो अवैध करोबार गर्ने माथी सुरक्षित वन्यजन्तु तस्करीमा ५ वर्ष सम्म कैद र ५ लाख देखि १५ लाख रुपैँयासम्म जरिवाना हुने र सामान्य वन्य जन्तु तस्करीको हकमा १ वर्ष देखि ५ वर्ष सम्म कैद हुने सजायको ब्यवस्था गरिएको प्रमुख कार्की बताउनुहुन्छ ।

यस्तो आखेटोपाहारको कारोबारमा खासै फाइदा नभए पनि यसको कारोबार बढ्दै जानू चिन्ताको बिषय बनेको छ ।

वन्यजन्तु राष्ट्रको सम्पत्ती हो यसको संरक्षण गर्नु आम नागरिकको दायित्व हो भन्ने जस्तो जनचेतना जगाउने खालको कार्यक्रम देशव्यापी रूपमा चलाउन जरुरी देखिन्छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome