शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

थापा र केसीसहित नेपाली कांग्रेसका ७० नेतामा कोरोना पुष्टि

१८ आश्विन, २०७७ ०७:४८ मा प्रकाशित

314 पटक पढिएको

corona positive

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गगन थापासहित ७० जना नेतालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो ।

आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारी सहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक भएको छ ।

साथै अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome