सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलमा भारतले लगायो प्रतिबन्ध

३१ बैशाख २०७७, बुधबार ०६:४८ मा प्रकाशित

906 Views पटक पढिएको

palm oil from nepal

काठमाडौँ ३१ वैशाख : भारतले नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा प्रतिबन्ध लगाएको छ । साफ्टा सुबिधा अन्तर्गत रहेर भारतमा पाम तेल आयात गर्ने ३९ वटा कम्पनीको अनुमति पत्र र अनुमति पत्रका लागि परेका २३ वटा निवेदन खारेज भएका हुन् ।

भारत सरकारले गरेको यस निर्णयबाट नेपालले ठूलो व्यापार गुमाउने बताइएको छ । यस अघि पनि भारतले नेपाल लगायतका मुलुकबाट पाम तेलको आयात बन्द गरेको थियो । तर गत जनवरीमा निश्चित अनुमतिपत्रका आधारमा मात्रै आयात दिने सर्तमा भारतले आयात खुल्ला गरेको थियो ।

भारतीय अखबार हिन्दूस्तान टाईम्सका अनुसार मार्च अन्तिमसम्म नेपालबाट हुने निर्यात ३ सय १४ प्रतिशतले बढेको थियो ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting