मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

आईपीएल २०२० : जितसँगै दिल्ली र बैङ्लोर अंक तालिकाको शिर्ष दुईमा

१८ आश्विन, २०७७ ०८:०९ मा प्रकाशित

435 पटक पढिएको

delhi capitals in ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२० संस्करण अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ ।

दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा रोक्यो । यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

शारजहाँ क्रिकेट मैदानमा भएको खेलमा कोलकाताका नितिश राणाले ५८, इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए । मोर्गन र त्रिपाठीले सातौं विकेटका लागि ३१ बलमा ७८ रनको साझेदारी गरे पनि जित दिलाउन सकेनन् ।

दिल्लीका एनरिच नोर्जेले तीन र हर्शल पटेलले दुई विकेट लिए । हर्षलका लागि यो पहिलो म्याच थियो ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२८ रन बनाएको थियो । यो योगफल जारी आईपीएलमा सबैभन्दा ठूलो हो ।

कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी शाले ६६ र ऋषभ पन्तले ३८ रन बनाए । श्रेयस र पृथ्वीले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिल्लीका लागि नटआउट ८८ रन बनाएका कप्तान श्रेयस अय्यर म्यान अफ दि म्याच बने ।

कोलकाताका लागि आन्द्रे रसेलले २ विकेट लिए ।

राजस्थानलाई हराउँदै बेङ्लोर दोश्रो स्थानमा

त्यसैगरी हिजो नै भएको पहिलो खेलमा राजस्थानलाई ८ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेङ्लोर जारी आईपिएलको अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको सनराईजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो । हैदराबादका लागी महिपालले सर्वाधिक ४७ रन बनाए ।

जवाफमा बेङ्लोरले १९.१ ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाउँदै हैदराबादलाई ८ विकेटले हरायो । बेङ्लोरका लागी कोह्ली र पड्डिकलले अर्धशतक प्रहार गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome