मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

६० लाखमा बाघको छाला बेच्न खाेज्दा प्रहरी फन्दामा

१८ आश्विन, २०७७ २०:५० मा प्रकाशित

532 पटक पढिएको

arrested with tiger skin

काठमाडौं – दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरिएकाे हाे।

धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ।

काठमाडौं। दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट आज पक्राउ गरेको छ।पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका-८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ।

बाघको छाला अवैध रुपमा ६० लाख रुपैयाँमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ।

अपराध महाशाखाका प्रमुख दीपक थापाका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ।

उक्त छाला ४० लाख रुपैयाँमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome