शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

आईपीएल २०२० : जितसँगै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा

१९ आश्विन, २०७७ ०७:५३ मा प्रकाशित

538 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी ईन्डियन प्रीमीयर लिग (आईपिएल्) २०२० को हिजो भएको खेलमा मुम्बई ईन्डियन्स् र चेन्नाई सुपर किङ्सले सनराईजर्स हैदराबाद र किङ्स ११ पञ्जाब विरुद्द सहज जित हात पारेका छन् ।

जितसँगै ५ खेलबाट ६ अंक बटुल्दै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने चेन्नाई ४ अंक सहित अंक तालिकाको छैठौँ स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बई ६ ओभर नसकिँदै ४८ रन बनाउँदा २ विकेट गुमाए पनि सम्हालिएको खेल प्रदर्शन गर्दै क्विन्टन डि ककको अर्धशतक सँगै २०८ रनको विशाल योगफल बनाउन सफल रह्यो । मुम्बईका लागी क्विन्टन डि ककले सर्वाधिक ६७ रन बनाए ।

जवाफमा हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन बनाउन सक्यो । हैदराबादका लागी डेभिड वार्नरले सर्वाधिक ६० रन जोडे भने अरु कुनैपनी ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् र मुम्बई ३४ रनले विजयी भयो ।

मुम्बईका लागी ट्रेन्ट बोउल्ट , जेम्स प्याटिन्सन र जसप्रीत बुम्राहले २ – २ विकेट लिए भने क्रुनल पाण्ड्याले १ विकेट लिए । त्यसैगरी हैदराबादका लागी सन्दीप शर्मा र सिद्धार्थ कौलले २-२ विकेट लिए भने रशिद खानले १ विकेट लिए ।

त्यसैगरी हिजै भएको दोश्रो खेलमा पञ्जाब विरुद्द चेन्नाई १० विकेटले विजयी भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनायो । पञ्जाबका लागी के एल राहुलले सर्वाधिक ६३ रन बनाए । जवाफमा चेन्नाईका ओपनर ब्याट्सम्यान शेन वाट्सन र फाफ डु प्लेसिसले ८३ र ८७ रन जोड्दै १७.४ ओभरमा बिना कुनै विकेटको क्षति १८१ रन बनाउँदा चेन्नाई १० विकेटले विजयी भयो ।

चेन्नाईका लागी शर्दुल ठाकुरले २ विकेट लिए भने रविन्द्र जडेजा र पियुश चाउलाले १-१ विकेट लिए ।

आजको खेल दिल्ली र बेङ्लोरबिच हुनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome