बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

सांसद गिरीलाई देशद्रोहीको मुद्दा लगाई देश निकाला गर्नुपर्छ : बहिर्गमित जनमुक्ती सेना नेपाल

६ जेष्ठ २०७७, मंगलवार ०८:४२ मा प्रकाशित

3355 Views पटक पढिएको

parliament member sarita giri criticized

काठमाडौं, ०६ जेठ : नयाँ नक्सा सार्बजनिक गर्ने बिषयमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले दिएको अभिव्यक्तीप्रती बहिर्गमित जनमुक्ती सेना नेपालले कडा टिप्पणी गरेको छ । बहिर्गमित जनमुक्ती सेना नेपालका अनुसार भारतिय विस्तारवादी, साम्राज्यवादीको मोतियार बन्दै मोदिको तलुवा चाट्दै राष्टहित विपरित हर्कत गर्ने जो कोहिलाई पनि देशद्रोहीको मुद्दा लगाई देश निकाला गर्नुपर्छ।

बहिर्गमित जनमुक्ती सेना नेपालको विज्ञप्ती जस्ताको तस्तै

विश्व नै अहिले कोभिड १९ को संक्रमणबाट लडिरहदा छिमेकि भारतिय साम्राज्यवादी भने अहिले खुलेआम रुपमा लकडाउनको मौका छोपी हाम्रो नेपालको मातृभुमी माथी गिद्वेनजर लगाउदै विभिन्न ठाउँका नेपाल भारतको सिमानामा हाम्रो प्यारो मातृतीभुमी अतिक्रमण गर्दै भारतिय विस्तारवादिका सेनाको बुठ नेपाली आमाको छातीमा बजार्दै परेड खेलि रहेका छन् । २०७६ कात्तिक १६ गते भारतिय विस्तारवादीले नेपालको भुगोल लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि चरम खालको हस्ताक्षेप गर्दै नेपालको भुमी भारतले आफ्नो देशको भुमी हो भन्दै दाबी गरेर आफ्नो देशको नक्सामा समेटी सार्बजनिक पनि गरे ।

नक्शा सार्बजनिक गरेको ६ महिनापछि २०७७ बैसाख २६ गते भारतिय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत सडक निर्माण कार्यको उद्घाटन गरेको सार्बजनिक भएपछि चौतर्फी रुपबाट भारतविरुद्ध आन्दोलन चर्किन थाले । भारतद्वारा अतिक्रमित नेपालको भुमी लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटी सार्बजनिक गर भनेर नेपाल सरकारलाई देशैभरिबाट सम्पुर्ण नेपाली नागरिकहरुले दबाब दिए पछि नेपाल सरकारले ०७७/०७८ सालको आर्थिक बजेट नीति तथा कार्यक्रममार्फत ती अतिक्रमित भुमी समेटेर नेपालको नक्सा सार्बजनिक गर्ने बिषय प्रतिनिधि सभा सदन मार्फत सम्माननिय राष्टपती बिध्यादेबी भन्डारी ज्युले सार्बजनिक गर्नुभयो।

नयाँ नक्सा सार्बजनिक गर्ने बिषयमाथि धावा बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरी ज्युले प्रतिनिधि सदनको बैठकमार्फत लिप्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा सार्बजनिक गर्नलाई भारत र चिनलाई नसोधी सार्बजनिक गर्नुहुन्न भनी गैर जिम्मेवार अभिव्यक्ती दिएको प्रती र मिति २०७७ बैसाख ५ गते आफ्नो फेसबूकको स्टाटसमार्फत नेपालको भाषा हिन्दी हो भनी सार्बजनीक गर्नुभएको छ । यस्तो खालको राष्टहित विपरित गरेको गतिविधी को विरुद्ध बहिर्गमित जनमुक्ती सेना नेपाल घोर भर्त्सना गर्दछ।

भारतिय विस्तारवादी, साम्राज्यवादीको मोतियार बन्दै मोदिको तलुवा चाट्दै राष्टहित विपरित हर्कत गर्ने जो कोहिलाई पनि देशद्रोहीको मुद्दा लगाई देश निकाला गर्नुपर्छ।

सार्वभौमिकता र भौगोलीक अखण्डतामाथी नाङ्गो हस्ताक्षेप हुँदा पनि एउटा स्वतन्त्र मुलुकले भारतलाई सोधेर आफ्नो देशको राष्ट्रीय नक्सा सार्बजनिक गर्नुपर्ने यो कस्तो अभिव्यक्ती हो ? भारतिय विस्तारवादीद्वारा सिमा अतिक्रमण हुँदा समेत हाम्रो सिमा अतिक्रमण भयो भन्न नस्क्ने नामर्द कस्तो सांसद हो?

यस्ता राष्टहित विपरित हर्कत गर्ने बिखण्डकारी देशद्रोहीलाई तत्काल कार्बाही गरोस भनी र भारतिय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले अरु कसैको इसारामा पिथौरागढ- लिपुलेक सडकको विरोध गरेको भन्दै दिएको हाम्रो सार्वभौमिकता सत्तामाथी नै आँच पुग्ने खालको अभिव्यक्तीप्रती घोर भर्त्सना गर्दै बहिर्गमित जनमुक्ती सेना नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ।

बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास) उपाध्यक्ष तथा (प्रबक्ता)
९८५१११८९६६

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting