बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

थप ८ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४५ पुग्यो

७ जेष्ठ २०७७, बुधबार १४:२६ मा प्रकाशित

838 Views पटक पढिएको

koshi zonal hospital biratnagar

विराटनगर, ०७ जेठ : विराटनगरको कोरोना विशेष अस्पतालबाट थप ८ जना कोरोन संक्रमण जीतेर डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ बाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ।

बुधबार डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका छन् । गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेको स्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए । डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएका छ ।

अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।

नेपालमा कोरोना जित्‍नेको संख्या ४५ पुगेको छ। यस्तै ४०२ जना संक्रमित छन् । २ जनाको मृत्यु भएको छ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting