बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

भारतमा प्रत्येक घण्टा कम्तीमा ५ कोरोना संक्रमितको मृत्यु

७ जेष्ठ २०७७, बुधबार १५:३८ मा प्रकाशित

794 Views पटक पढिएको

corona virus

नयाँ दिल्ली, ०७ जेठ : भारतमा कोरोना संक्रमणको तीव्रतासँगै मृत्युदर पनि बढेको छ। प्रत्येक घण्टा कम्तीमा पाँच संक्रमितको मृत्यु भएको छ। भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । भारतमा मृत्यु हुने कोरोना संक्रमितको कूल संख्या ३ हजार ३०३ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

कोरोनाभाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।

भारतमा कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या महाराष्ट्र राज्यमा देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ३७ हजार १३६ जना, तामिलनाडूमा १२ हजार ४४८ जना, गुजरातमा १२ हजार १४० जना र नयाँदिल्लीमा १० हजार ५५४ जना संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको प्रसार समुदायस्तरमा फैलिनबाट रोक्न भारतमा जारी लकडाउन आगामी मे ३१ तारिखसम्म लम्ब्याइएको छ, तर मानिसको घुमफिर र यात्रामा धेरै खुकुलो बनाइएको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting