बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

आज थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

७ जेष्ठ २०७७, बुधबार १६:४३ मा प्रकाशित

1065 Views पटक पढिएको

corona positive

काठमाडौं, ०७ जेठ : बुधबार बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासीका थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए जसमध्ये पुरुष ३५८ र महिला ६९ जना छन्।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन्।

कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसआिर नतितजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि अस्पतालमा रहेका डिस्चार्ज भउका छन्। डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ। मृतकको संख्या भने २ छ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting