बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

जूम भिडिओ कलबाटै सिंगापुरको अदालतले सुनायो मृत्युदण्डको फैसला

८ जेष्ठ २०७७, बिहीबार ०६:४२ मा प्रकाशित

958 Views पटक पढिएको

court case

सिंगापुर, ०८ जेठ : सिंगापुरले लागूऔषध कारोवारीमा संलग्न भएको भन्दै एक मलेसियन युवकलाई ‘जूम भिडिओ कल’ मार्फत नै मृत्युदण्ड सुनाएको छ ।

सिंगापुरमा यसरी टाढैबाट ‘भर्चुअल’ माध्यमबाट मृत्युदण्डको सजाय सुनाइएको पहिलो घटना हो । पुनिथन गेनसान नामका ३७ वर्षीय मलेसियन नागरिकमाथि सिंगापुरले शुक्रबार यस्तो सजाय सुनाएको हो ।

यहाँको अदालतका अनुसार २०११ मा ती युवा गैरकानुनी रुपमा लागूऔषध लेनदेनमा जिम्मेवार थिए । कोरोनाभाइरस विरुद्ध लकडाउनका कारण ती युवालाई भिडिओ कल मार्फत नै सजाय तोकिएको हो ।

मलेसियन ती नागरिक स्वयं पनि भिडिओ कलमा संलग्न थिए । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार यसरी भौतिक रुपमा टाढा नै रहेर मृत्युदण्ड सुनाइएको सिंगापुरमा यो पहिलो घटना हो ।
यद्यपि अधिकारकर्मीहरुले यस्तो राष्ट्रिय मुद्दामा जूम कलमार्फत फैसला सुनाइनु उचित नभएको भन्दै आलोचना गरेका छन् ।

सिंगापुरमा लकडाउनको अवधिमा तोकिएका सुनुवाइ स्थगित भइरहँदा यस मुद्दा जस्तै अत्यावस्यक मुद्दामा अदालतले टाढैबाट फैसला गर्न थालेको छ । अमेरिकाबाट सुरु भएको जूम भिडिओ कल पछिल्लो समय सरकारी कामकाजमा पनि प्रयोग गर्न थालिएको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting