बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

एम्फन चक्रवातका कारण भारत र बंगलादेशमा लाखौँ विस्थापित

८ जेष्ठ २०७७, बिहीबार ०६:५९ मा प्रकाशित

793 Views पटक पढिएको

amphan cyclone

नयाँ दिल्ली ०८ जेठ : ‘एम्फन चक्रवात’ बुधबारदेखि सुरु भएको छ जसलाई बंगालको खाडीबाट उठ्ने वर्षौँदेखिको डरलाग्दो र घातक आँधीबेहरी मानिएको छ ।

भारतको पश्चिम बंगाल र बंगलादेशका कतिपय भूभागमा यसले ठूलो क्षति पुर्‍याउन सक्ने भएपछि लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ । भारतको मौसम विभागले यो आँधी वर्षौँदेखिको खतरनाक हुने भनी यही साताको सुरुदेखि नै सचेत गराएको थियो ।

बुधबार नै यो आँधी केही घण्टासम्म निरन्तर चलने बताइएको थियो । जसले गर्दा पश्चिम बंगालका पाँच लाख भन्दा धेरै मानिस र ओडिसाका एक लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

राष्ट्रिय विपद व्यवस्थापन विभागका अनुसार उक्त आँधीको असर कोलकातासम्म पुग्नेछ । यससँगै पश्चिम बंगालका कतिपय स्थानमा भारी वर्षा भइरहेको छ । मौसम विभागका अनुसार बंगालको खाडीबाट उठ्ने आँधीको ‘एम्फन’ नाम २००४ मा थाइल्याण्डमा दिइएको थियो । जुन अति तिव्र गतिमा हुने भएकाले कोरोनाभाइरसको महामारीका बीच यसले थप क्षति पुर्याउने भन्दै मौसमविदहरुले सचेत गराएका थिए ।

ओडिसामा यस्तै आँधीबाट १९९९ मा १० हजारको मृत्यु भएको थियो । साथै त्यसको ८ वर्षपछि बंगलादेशमा आँधी र बाढीले गर्दा १ लाख ३० हजार भन्दा धेरैको मृत्यु भएको थियो । हरेक वर्षायाममा बंगलादेश र भारतका कतिपय क्षेत्रमा आँधीबेहरी र बाढीले ठूलो जनधनको क्षति पुर्याउने गरेको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting