बुधबार, २१ जेठ २०७७

hostgator optimized wordpress hosting

थप आठ जनामा काेरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

८ जेष्ठ २०७७, बिहीबार १६:४५ मा प्रकाशित

880 Views पटक पढिएको

corona positive

काठमाडौं, ०८ जेठ : नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।

बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ । बिहीबार नै कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाको संख्या तीन पुगेको छ । अहिलेसम्म ४९ जनाले कोरोना जितेका छन् भने संक्रमितको संख्या ४५३ पुगेको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting