सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

९ जेष्ठ २०७७, शुक्रबार ११:१४ मा प्रकाशित

1030 Views पटक पढिएको

corona positive

काठमाडौं, ०९ जेठ : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी दिए।

अधिकारीका अनुसार उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवती संक्रमित भएका हुन्।

त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको अधिकारीले जानकारी दिए।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट हालसम्म ३ जनाको मृत्यु भएको छ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting