सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

मन्त्रिपरिषद् निर्णय लगत्तै संविधान संशोधन विधेयक संसद्‍मा दर्ता

९ जेष्ठ २०७७, शुक्रबार १६:३० मा प्रकाशित

926 Views पटक पढिएको

singha durbar nepal

काठमाडौं, ०९ जेठ : मन्त्रिपरिषद् निर्णय लगत्तै संविधान संशोधन विधेयक संसदमा दर्ता भएको छ। शुक्रबार मन्त्रिपरिषद् बैठक लगत्तै कानुन मन्त्रालयले संविधान संशोधन विधेयक सिंहदरबारस्थित संसद्‍ सचिवालयमा दर्ता गरेकी हुन्।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार दिउँसो ३ बजेसचिवालयमा संशोधन प्रस्ताव दर्ता भएको हो। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय भएको थियो।

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव संसद्‍मा दर्ता गरेको हो।

संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

संविधानको अनुसूची ३ मा नेपालको निशान छाप छ। सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छाप भित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकोले संविधान संशोधन गर्न लागेको हो।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting