सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

प्रधानमन्त्रीको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थप्ने काम गर्‍यो : कांग्रेस

९ जेष्ठ २०७७, शुक्रबार १६:३३ मा प्रकाशित

927 Views पटक पढिएको

prime minister kp sharma oli

काठमाडौं, ०९ जेठ : प्रमुख प्रतिपक्षी कांग्रेसले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी अभिव्यक्ति दिने काम रोक्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना भाइरसबारे दिएको अभिव्यक्तिले अनावश्यक विवाद र जटिलता थप्ने काम गरेको कांग्रेसको ठहर छ ।

कांग्रेस उप-सभापति बिमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले राष्ट्रवादका नाममा उत्तेजना फैलाउने काम नगर्न आग्रह गरेको हो । ‘सरकारको नीति तथा कार्यक्रमममाथि उठेका प्रश्नहरूको उत्तर दिने क्रममा संसदीय मर्यादा र अभ्यास विपरीत प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतिकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरू थपिएको छ,’ प्रतिष्ठानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानको दुई दिन बसेको बैठकबारे सार्वजनिक निर्णयमा सरकारलाई सीमा समस्या समाधानका लागि उच्चस्तरीय कुटनीतिक पहल गर्न भनिएको छ । लिपुलेक मार्गसँगै भारतसँग सीमा जोडिएका र उत्तर चीनतर्फ रहेका सीमा समस्याहरूको स्थायी समाधान खोज्न उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने प्रतिष्ठानको निष्कर्ष छ । बैठकका निर्णय सार्वजनिक गर्दै कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले सीमा विवादबारे सरकारले विज्ञहरूसँग आवश्यक परामर्श र सम्वाद गरी समाधानका लागि उपयुक्त दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताए ।

त्यस्तै प्रतिष्ठानले कोरोना भाइरस संक्रमण परीक्षणका लागि पीसीआर विधिमा जोड दिन सरकारसँग माग गरेको छ । त्यस्तै चर्को शुल्क तिरेर आमनागरिकले कोरोना परीक्षण गर्न कठिन हुने भन्दै प्रतिष्ठानले निःशुल्क र प्रभावकारी परीक्षण गर्न माग गरेको छ । साथै प्रतिष्ठानले कोरोना महामारीसँगै खाद्य संकट हुनसक्ने पार्टी कार्यकर्तालाई कृषि उत्पादनमा केन्द्रित हुन प्रेरित गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting