सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

बैतडीमा एक थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालय सिल

९ जेष्ठ २०७७, शुक्रबार १८:०१ मा प्रकाशित

862 Views पटक पढिएको

corona positive

बैतडी, ०९ जेठ : बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट स्वदेश आएका बताइएको छ ।

शिवनाथ गाउँपालिका ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । गीताको शव गत वैशाख १४ गते खोलाको किनारमा फेला परेपछि उनका आफन्तले दिएको जाहेरीका आधारमा ती युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।

ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने, ‘प्रहरीको हिरासतमा रहेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । ती युवकको स्वास्थ्य अवस्था समान्य रहेको बुझिएको छ ।’

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । ‘प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय ‘सिल’ गरेका छौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले भने, ‘हिरासतमा रहेका युवकमा कोरोना पुष्टि भएपछि कन्याक्ट ट्रेसिङको काम समेत सुरु भएको छ।’ हिरासतमा रहेका ती युवकको दुई पटक आरडीटी गर्दा रिपोट नेगेटिभ आएको थियो तर पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा कोरोनाको त्रास फैलिएको छ।

जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट फर्केका दुई हजार जतिको आरडीटी गरिएको छ भने ६ हजार जतिको कुनै परीक्षण भएको छैन् । भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting