सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

भ्रामक समाचार प्रकाशन गरी ब्ल्याकमेल र ठगी गर्ने पक्राउ

१९ आश्विन, २०७७ १६:११ मा प्रकाशित

711 पटक पढिएको

cyber crime accused in custody

काठमाडौं – महानगरिय प्रहरी परिसरको टोलिले भ्रामक समाचार प्रकाशन गरी ब्ल्याकमेल गरेर ठगी गर्दै आएका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला पाण्डव गुफा गाउँ बिकास समिति ४ घर भई हाल कन्का सुन्दरी गाउँपालिका ७ रोकाया बडागाउँ बस्ने बर्ष २६ का पसल रोकाया रहेका छन् ।

अभियुक्त रोकायाले सन्चालन गर्दै आएको कर्णाली आवाज डटकम नामको अनलाइन र कर्णाली एचडी नामको युटुब च्यानल मार्फत भ्रामक समाचार प्रकाशन तथा प्रशारण गर्दै विभिन्न ब्यक्तीहरुलाई ब्ल्याकमेल गर्दै ठगी गर्दै आएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवाली बताउनुहुन्छ ।

अभियुक्त रोकायाले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा नामको ठेक्का पट्टा गर्ने कम्पनि लगायत नर्सिङ्ग, हेल्थ असिसटेण्ट फार्मेसी बिषय पढाई गराइने भन्दै संविधान कलेज पनि दर्ता गरेको अनुसन्धानबाट खुलेको छ ।

विशेष गरि नर्सिङ्ग पेसामा आवद्ध ब्यक्तिहरुलाई रोकायाले निशाना पार्ने र सिटिइभिटी तथा नर्शिङ्गमा नाम निकाली दिने आश्वासन दिँदै यौन दुर्व्यवहार तथा ब्ल्याकमेल गर्ने गरेको प्रहरी प्रमुख ज्ञवाली बताउनुहुन्छ ।

अभियुक्त रोकायामाथी पटक-पटक विभिन्न प्रहरी कार्यालयमा साइबर अपराध तथा ठगी मुद्दा दर्ता भएकोमा फरार रहेकोमा विभिन्न पिडितहरुको उजुरीको आधरमा महानगरिय प्रहरी परिसर काठमाडौंले रोकायलाई ईलामको पशुपतिनगर क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome