शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,५३१ सहित देशभर थप २,४४० जनामा कोरोना पुष्टि, २४ घण्टामा १९ जनाको मृत्यु

१९ आश्विन, २०७७ १६:३४ मा प्रकाशित

449 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,५३१ सहित देशभर थप २,४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ११७८ जना, भक्तपुरका १०३ जना र ललितपुरका २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार काठमाडौंका १३७३, भक्तपुरका ३९ र ललितपुरका १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। यस्तै मन्त्रालयका अनुसार २३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका छन्।

सोमबार ११ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।

आइसीयूमा २४४ र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५५४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौं उपत्यकाका १२ सहित देशभर १९ जनाको मृत्यु भएको छ।  काठमाडौंका ७३, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुष र ललितपुरमा ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome