बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

बुटवललाई पर्यटकीय र दाङलाई प्रशासनिक राजधानी बनाइने मुख्यमन्त्रीको आश्वासन

१९ आश्विन, २०७७ १६:४३ मा प्रकाशित

412 पटक पढिएको

cm shankar pokharel

बुटवल – पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपा संसदीय दलले ह्विप जारी गरेको छ । कडा सुरक्षा घेरामा बसेको संसदीय दलको बैठकमा बोल्दै मुख्यमन्त्री एव नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले अनिवार्य पक्षमा मत दिन सांसदलाई निर्देशन दिएका हुन् ।

दलको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले रुपन्देहीलाई राजधानी बनाउने एजेण्डा सफल नहुने भए विशेष प्याकेज बनाउनुपर्ने प्रस्ताव राखेका थिए । रुपन्देहीको लुम्बिनी कोरिडोरलाई पर्यटकीय एवं आर्थिक राजधानी बनाउने निर्णय पनि संसदीय दलले गरेको प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

दलको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले आर्थिक, पर्यटकीय राजधानी रुपन्देही र प्रशासनिक राजधानी राप्ती भ्याली बनाइने योजना सुनाए । सांसदहरुले असहमतिका बीच पनि भालुवाङमा राजधानी बनाउने प्रस्तावमा मतदान गर्नेछन् ।

संसदको बैठक समेत केही बेरमा सुरु हुँदैछ । आजको बैठकमा सरकारको प्रस्तावमाथि छलफल सुरु हुनेछ । प्रस्तावलाई भोलि नै मतदानबाट टुंग्याउने योजना छ । नेकपाको ह्विपपछि राजधानी भालुवाङ तोकिने करिब निश्चित छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome