सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बलात्कारको घटनामा पाँच लाखमा मिलापत्र गराउने ८ पञ्च पक्राउ

१९ आश्विन, २०७७ १६:४८ मा प्रकाशित

678 पटक पढिएको

village heads in custody

जनकपुरधाम – बलात्कारको घटनामा पाँच लाखमा मिलापत्र गराउने सिरहाका ८ जना पञ्च प्रहरी फन्दामा परेका छन्। सिरहाको विष्णुपुर–१ मा स्थानीय २० वर्षीय मुकेशकुमार सिंहले गाउँकै १६ वर्षीय किशोरीलाई असोज १२ गते जबर्जस्ती करणी गरेका थिए।

उक्त घटनालाई पञ्चहरुले पञ्चायत गरेर गाउँमै मिलाएका थिए। प्रहरीमा दर्ता हुनु पर्ने घटना मिलाएको खबर थाहा पाएर प्रहरी टोली गाउँमा पुगेको थियो। गाउँ पुगेका प्रहरी टोलीले पाँच लाखमा बलात्कार घटनाको मिलापत्र गराएको लिखित तमसुक सहित पीडक र पञ्चहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी धिरजप्रताप सिंहले जनाए।

पक्राउ पर्नेमा स्थानीय पञ्चहरु सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उद्गार यादव, जगविर यादव, राजकुमार यादव र रौदि भनिने श्यामसुन्दर यादव रहेका छन्। उनीहरुलाई बलात्कार घटना मिलाउने मतियारको रुपमा प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेका पीडक मुकेश सिंह र उनका मतियारहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको छ।
आरोपी सिंहले गत १२ गते साँझ स्थानीय शत्रुधन साहको घरमा बालिकालाई बलात्कार गरेका प्रहरीले जनाएको छ। बलात्कृत बालिकाका भाइले परिवारको इज्जत गएको भन्दै रिसाएर आफ्नै बहिनीलाई कुटपिट गरेका थिए।

कुटपिट गरी घाइते भएकी बालिकाको आफन्तहरुले पीडितलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगर स्थित बिराट नर्सिङ होममा भर्ना गरेका थिए। बालिका निको भएर असोज १६ गते घर फर्किएकी थिइन्। घरमा आएपछि पीडक पक्षले बलात्कार घटना ढाँकछोप गर्न गाउँलेलाई भेला गराएर पञ्चायत गराएका थिए।

गाउँका भरभलादमीले पञ्चात बसेर पीडकको आफन्तसँग घटना मिलाउन पाँच लाखको तमसुक कागज गराएका थिए। उक्त कागज पञ्चायतमा सहमागी जगविर यादवको जिम्मा राखिएको थियो। प्रहरीले जगविरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनी गरेको काजग फेला परेको छ।
बलात्कारको घटना मिलाउन पञ्चहरुले रकम दिने नक्कली ऋणी र धनी खडा गरेका छन्।

काजगमा धनी रामगुलाम यादव, लक्षुमण यादव उल्लेख गरिएको छ भने सिंहेश्वर साह र शत्रुधन साहलाई ऋणीको रुपमा उभ्याएर ५–५ लाखको तमसुक बनाइएको छ। पञ्चहरु नै ऋणीको रुपमा उभिएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome