३० असार २०७७

hostgator optimized wordpress hosting

थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

986 Views पटक पढिएको

corona positive

काठमाडौँ ,२० जेष्ठ : नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्।देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीमध्ये १८ जना महिला छन् भने बाँकी पुरुष।

योसँगै कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ।हालसम्म पीसीआर विधिबाट ७५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४४० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ जनाको परीक्षण भएको छ।अहिले देशभर १ लाख ४५ हजार ३७५ जना क्वारेन्टिनमा छन्। क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन्।त्यसैगरी देशका विभिन्न अस्पतालमा १ हजार ८२५ जना आइसोलेसनमा छन्।

कोरोना संक्रमणबाट २६६ जना मुक्त भएका छन्।हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting