मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा

२० आश्विन, २०७७ ०७:३१ मा प्रकाशित

386 पटक पढिएको

delhi capitals in ipl 2020

काठमाडौं – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ।

दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

मार्कस स्टोइनिस टप स्कोरर रहे । २६ बल सामना गरेका उनले नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome