शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

बलात्कार मुद्दा फिर्ता दलित महिलालाई विभिन्न प्रलोभनसँगै ज्यान मार्ने धम्की !

२० आश्विन, २०७७ ०७:४३ मा प्रकाशित

599 पटक पढिएको

rape graphic

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिका ९ की एक दलित समुदायकी एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा बलात्कार महलामा मुद्दा दर्ता भएपछि विभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ ।

भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले गत बुधबार साँझ हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किँदै गरेकी महिलालाई बाटोमै रोकेर पोखरी नजिक लगि लछारपछार गर्दै बलात्कारको प्रयास गरेको महिलाको आरोप छ ।

‘पैसा लिएर मिलापत्र गर्न धेरै किसिमको मलाई धम्की आइरहेको छ, पहिले दुई लाख दिन्छु भन्थे, नमानेपछि दस लाख दिन्छु भन्छ, अब १० कठ्ठा जग्गा तेरो नाममा गरिदिन्छु तर मुद्दा फिर्ता लिहाल, हैन भने मारिदिन्छु भनेर धम्की दिन्छन्, ‘ पीडित महिलाले भनिन, ‘स्थानीय जनप्रतिनिधि नै मलाई पटक–पटक पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता नलिए ज्यान मार्ने सम्मको धम्की दिन्छ, तर मैले मानेको छैन, मैले मेरो खोसिएको अस्मिता र इज्जत त फर्किदैन, तर मैले गुमाएको अस्मिता त्यसै खेर जान दिन्न, मलाई न्याय चाहिन्छ।’

‘यादव छुटेर आए परिवारै सिध्याउने धम्की आउने गरेको पीडित महिलाको भनाइ छ । चारैतिरबाट धम्की आउँछ, मुद्दा फिर्ता लि नत्र तेरो घरमा कसैलाई छोडदिन भन्छन, पीडित महिलाले भनिन, ‘बिहान बेलुका मेरो माइतमा समेत छोरीलाई सम्झाई हाल नभए ठीक हुँदैन भनेर धम्क्याउँछन, अब त एक्लै घरमा बस्न समेत डर लाग्छ, जो कोही पनि घरमा आएर पनि आएर धम्काएर जान्छ, मुद्दा फिर्ता लिहाल हैन, भने ठीक हुँदैन ।’

सुस्केरा हाल्दै पीडित महिलाले भनिन, ‘मेरो त बाहिर निस्कनै बन्द भएको छ, घरमा पढेलेखेको कोही छैनन, कसैले केही बुझ्दैनन, जसले जे भन्यो त्यहीमा मुन्टो हल्लाउँछ, म एक्लै न्यायको लागि कहाँ भौतारिनु ? पीडित महिलाले भनिन्, ‘घरदेखि लिएर बजारसम्म मान्छेले मलाई विभिन्न प्रलोभन दिन्छन्, बजारमा म ढाकी, सुपली, कन्तरी बेचेर गुजाराका लागि जान्छु, तर त्यहाँ अर्कै बखेडा झिकिन्छ, मिल्न दबाब दिइन्छ, म कहाँ जाउँ कस्ले मलाई न्याय दिन्छ ।’

२०७७ असोज १५ गते बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए । उनले भने, ‘अभियुक्तलाई हिरासतमा राखी अनुसन्धानमा लागिरहेका छौं।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome