सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने महिला प्रहरीको फन्दामा

२० आश्विन, २०७७ १६:३५ मा प्रकाशित

349 पटक पढिएको

con woman in custody

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने काममा संलग्न एक जना महिला महानगरिय अपराध महाशाखाको टोलिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर११ सालझण्डी घर भई हाल काठमाडौको चन्द्रागिरी नगरपालिका – ७ गुर्जुधारा बस्ने रेशमलाल भुषालको छोरी बर्ष ३१ की सिता भुषाल रहेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

पक्राउ परेकी महिलाले डक्टर जामोस सोनार, जेम्स एन्डी जस्ता नामको फेक फेसबुक बनाएर उनले विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै उनले आफू बेलायती नागरिक रहेको बताउदै आएक थिइन् ।

ठगी गर्ने क्रममा उनले एक व्यक्तिलाई बिहे गर्ने आश्वासन दिँदै जन्म दिनको अवसरमा सरप्राईज गिफ्ट को रुपमा सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौ रकम ठगी गरेको उजुरी प्रहरीमा परेपछि भुसालको वास्तविकता खुलेको प्रमुख थापा बताउनु हुन्छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रलोभनमा पारी लाखौ रकम ठगी गर्ने कार्यमा संलग्न उक्त महिलालाई अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome